पेनाल्टीमा आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा

कर्णालीदृष्टी संवाददाता १३ माघ २०७८, बिहीबार १७:५६

काठमाण्डाै – त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज बिहीवार भएकाे खेलमा मनाङले आर्मीलाई पेनाल्टीमा चार–तीन गोलले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।

खेलको नवौँ मिनेटमा मनाङले पेनाल्टी पाए पनि विमल रानाले गोल गर्न सकेनन् । मनाङले अहिलेसम्म ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । मनाङले अब उपाधिका लागि पर्सि शनिवार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।

हिजो बुधवार मच्छिन्द्रलाई तीन–एक गोलले हराउँदै एपीएफ फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

Next Post

सञ्चारविहीन मुगुको नेर र ताँजा गाउँ

१३ माघ २०७८, बिहीबार १७:५६
मुगु । जिल्लास्थित सोरु गाउँपालिकाका नेर र ताँजा गाउँका स्थानीयबासी अझै सञ्चारविहीनताको अवस्थामा छन् । सञ्चार सेवा नहुँदा स्थानीयलाई सास्ती भएको छ । करिब ३ सय ६० घरधुरी रहेको नेर र ताँजा गाउँमा अहिलेसम्म मोबाइल नेटवर्कदेखि अन्य सञ्चार सुविधा नहुँदा स्थानीयलाई जिल्ला बाहिर र जिल्लाभित्रै पनि सम्पर्कमा जोडिन सास्ती हुने […]