आज ६९ औं‌ अन्तर्राष्ट्रिय भन्सार दिवस :सम्पूर्ण काम एकद्वार प्रणालीमा

कर्णाली दृष्टि संवादाता १३ माघ २०७७, मंगलवार ०८:५९

काठमाडौ :आज ६९ औं‌ अन्तर्राष्ट्रिय भन्सार दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस संसारभर मनाइन्छ ।
विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा भन्सार विभागले आज नेपाल राष्ट्रिय एकद्वार प्रणाली सार्वजनिक गर्दै छ । अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउनेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गर्न लागिएको विभागले जनाएको छ ।

साढे १ वर्षदेखि विभागले निर्माण गरिरहेको यो प्रणाली पहिलोपटक कार्यान्वयनमा आउन लागेको हो । विभागका अनुसार यो प्रणाली पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वरेण्टीन केन्द्रहरुमा लागू हुनेछ । त्यसपछि यो आर्थिक वर्षमा सबै ४० वटै निकायमा यो प्रणाली कार्यान्वयनमा आउने विभागले जनाएको छ ।

यो प्रणालीमार्फत व्यापारीहरुले अब अनलाइनमार्फत सम्बन्धित कागजात पेस गर्न सक्ने विभागका महानिर्देशक सुमन दाहालले बताए । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क र प्रतिवेदन प्रणालीलाई थपस्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी बन्ने विभागका महानिर्देशक दाहालको भनाइ रहेको छ । भन्सार प्रणालीसँग अहिले ४० वटा विभिन्न निकायहरु जोडिएका छन् । भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नुलाई गैरकानुनी मानिन्छ ।

हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरि त्यो उद्देश्य प्राप्ति भए नभएको अनि त्यसका अन्य कठिनाइ र अभ्यासहरुको विषयमा छलफल गर्दछ । विभिन्न प्रकारका बन्द, चक्काजाम अनि आन्दोलनका कारणले वस्तु तथा सेवाको आयात निर्यातमा असर पर्दछ र राजश्व असुलीमा कठिनाइ हुन्छ ।

आयात अनि निर्यातकालागि चीन र भारत दुवै देशसँग व्यापार सम्झौता गरेर नेपाल सरकारले कुनै एउटा देशभन्दा पनि समग्र संसारभरबाटै वस्तु तथा सेवाको विनिमय गर्न सफल होस् ।एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल अर्थात् त्रिभुवन विमानस्थललाई अझ वैज्ञानिक अनि सहज बनाउँदै सहज आयात, निर्यातको व्यवस्था गर्न सकोस् ।

राष्ट्रसेवकहरुको निष्ठामा आँच नआओस् । विश्वमा कम्प्यूटर प्रविधिबाट सहज अनि सरल बनाइएको भन्सारका लेखाजोखाका विवरण अनि हिसाबहरु नेपालमा अझै पनि अधिकांशरुपमा पुरानै ढड्डा अनि हस्त लिखित कागजमा भइरहेको छ, प्रविधिले नेपाली भन्सारलाई सर्लक्क बाँध्न सकोस् ।
नेपालीको हित होस् अनि नेपालको जय होस् ।

Next Post

आजबाट कोरोना खोप अभियान : कसले लगाउन हुन्छ, कसले हुँदैन

१३ माघ २०७७, मंगलवार ०८:५९
काठमाडौं :आजबाट नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु हुँदै छ । कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने छ । विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गर्ने छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]