सञ्चारविहीन मुगुको नेर र ताँजा गाउँ

कर्णालीदृष्टी संवाददाता १४ माघ २०७८, शुक्रबार ०६:५२

मुगु । जिल्लास्थित सोरु गाउँपालिकाका नेर र ताँजा गाउँका स्थानीयबासी अझै सञ्चारविहीनताको अवस्थामा छन् । सञ्चार सेवा नहुँदा स्थानीयलाई सास्ती भएको छ ।

करिब ३ सय ६० घरधुरी रहेको नेर र ताँजा गाउँमा अहिलेसम्म मोबाइल नेटवर्कदेखि अन्य सञ्चार सुविधा नहुँदा स्थानीयलाई जिल्ला बाहिर र जिल्लाभित्रै पनि सम्पर्कमा जोडिन सास्ती हुने गरेको हो ।

नेर गाउँका कृतिसिंह बुढाले भने‚ ‘अरु गाउँमा मोबाइल, इन्टरनेट, कम्प्युटर चलाउने भइसके; हामी अझै सञ्चारविहीन छौं ।’ जिल्ला बाहिर रहेका आफन्तलाई सम्पर्क गर्न र गाउँमा कुनै मानवीय घटना भए प्रहरी प्रशासनलाई खबर गर्नसमेत सास्ती हुने गरेको उनको गुनासो छ ।

सञ्चार सेवाको अभावमा गाउँमा कोही बिरामी हुँदा अथवा तत्काल सुत्केरीलाई उद्धार गर्नुपर्दा निकै गाह्रो अवस्था भोग्नुपरेको बुढाको भनाइ छ ।

मुगुका चारवटा स्थानीय तहअन्तर्गत २ सय २३ वटा गाउँमा मोबाइल नेटवर्कले काम गर्ने भए पनि नेर र ताँजा गाउँ भने अहिलेसम्म संचारबाट अछुतो छ ।

जिल्ला सदरमुकाम गमगढीदेखि २४ कोष टाढा रहेको नेर गाउँका स्थानीयले दलका नेतादेखि जनप्रतिनिधिसँग मोबाइल टावर माग गर्दै आए पनि कार्यान्वयन नहुँदा चिन्तित बनेका छन् । #कान्तीपूरबाट

Next Post

सल्यानमा ६५ वर्षीय पुरुषले गरे आत्महत्या

१४ माघ २०७८, शुक्रबार ०६:५२
सल्यान । सल्यानमा ६५ वर्षीया वृद्ध पुरुषले विष सेवन गरेर आत्महत्या गरेका छन् । बिहीबार बिहान नौ बजेतिर सल्यान बागचौर नगरपालिका १० पिपलनेटा बस्ने रामप्रसाद खत्रीले आफ्नै घरमा विषादी सेवन गरी आत्महत्या गरेका हुन् । विष सेवन गरेर बेहोस अबस्थामा फेला परेका उनको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको […]