सल्यानमा ६५ वर्षीय पुरुषले गरे आत्महत्या

कर्णालीदृष्टी संवाददाता १४ माघ २०७८, शुक्रबार ०७:०१

सल्यान । सल्यानमा ६५ वर्षीया वृद्ध पुरुषले विष सेवन गरेर आत्महत्या गरेका छन् । बिहीबार बिहान नौ बजेतिर सल्यान बागचौर नगरपालिका १० पिपलनेटा बस्ने रामप्रसाद खत्रीले आफ्नै घरमा विषादी सेवन गरी आत्महत्या गरेका हुन् ।

विष सेवन गरेर बेहोस अबस्थामा फेला परेका उनको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट एसओसिओ सहित ५ जना प्रहरीको टोली खटिएको प्रहरीको भनाई छ ।

Next Post

कसूरदार मरेपछि पनि सजाय !

१४ माघ २०७८, शुक्रबार ०७:०१
दैलेख । कर्तव्यज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्यूपछि पनि दैलेख जिल्ला अदालतले जन्मकैदको सजाय गरेको छ । साविकको लाकुरी गाविस हाल डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिकलाई हत्या गरेको कसूरमा अदालतले जीवित छँदा गरेको अपराधको भागीदार ठहर गरेको हो । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूरदार डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका जङ्गे […]