नेपाली कांग्रेस दैलेखद्धारा स्वर्गीय नेता शाहीको श्रदान्जली सभा

कर्णालीदृष्टी संवाददाता १४ माघ २०७८, शुक्रबार १७:३१

दैलेख । नेपाली कांग्रेस दैलेखले पार्टीका पुर्व उपसभापति स्वर्गीय नेता कर्णबहादूर शाहीको श्रदान्जलीसभा कार्यक्रम गरेको छ ।

दैलेखको महाबू गाउपालीका वडा नम्बर ३ बासीमा २००५ साल जेठ १५ गते जन्मिएका कांग्रेस दैलेखका पुराना नेता शाहीको गत पुस २९ गते ७३ बर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय नेता शाहीको नेपाली कांग्रेस दैलेखले आज (शुक्रबार) सदरमुकाममा रहेको पार्टी कार्यालयमा श्रदान्जली सभा कार्यक्रम गरेको हो ।

श्रदान्जली सभा कार्यक्रममा नेपाली काँग्रेसको केन्द्रीय समितिमा प्रतिनीधित्व गर्ने नेतादेखि, महाधिवेशन प्रतिनीधि, प्रदेश महाधिवेशन प्रतिनीधि, जिल्ला सभापति सहित पदाधिकारी र सदस्य सँगै जिल्लास्तरिय नेता कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वर्गीय नेता शाहीको फोटोमा नेता कार्यकर्ताहरुले फुलमाला र अबिर चढाउँदै भावुक माहोलका बिच श्रदान्जली अर्पण गरेका छन ।

 

स्वर्गीय नेता शाहीप्रति समर्पीत श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै नेताहरुले स्वर्गीय नेता शाहीले दैलेख जिल्ला र पार्टीमा गरेको योगदानको चर्चा गर्दै यो घडीमा शोकलाई शक्तिमा बदल्नु पर्ने बताएका छन ।

नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीताकुमारी रानाले स्वर्गीय नेता कर्णबहादुर शाहीले पार्टी र समग्र जिल्लाको लागि दिएको योगदान महत्वपूर्ण रहने बताउनुभयो ।

शाहीको निधनले नेपाली काँग्रेस दैलेखले अपुरणिय क्षती बेहोर्नु परेको उल्लेख गर्दै केन्द्रीय सदस्य रानाले उहाँको योगदान सधै सम्झना भईरहने समेत बताउनुभयो ।

काँग्रेस दैलेखका पूर्व उपसभापति समेत रहनुभएका स्वगीृय नेता शाही नेपाली काँग्रेसको महाधिवेशन प्रतिनीधि समेत हुनुहुन्थ्यो ।  जिल्लाको महाबु गाउँपालिका–३ बासीमा जन्मिएका शाही २०४६ सालदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा रहनुभएको थियो ।

Next Post

अनेरास्ववियूद्धारा दैलेखमा प्रर्दशन ।।

१४ माघ २०७८, शुक्रबार १७:३१
दैलेख । पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता र स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने लगाएतका माग गर्दै अनेरास्ववियू दैलेखले प्रर्दशन गरेको छ । सदरमुकाम दैलेखमा अनेरास्ववियू जिल्ला कमीटि दैलेखले देशको सिमा मिचिदा समेत सरकार मौन बस्नू, सिटामोलको हाहाकार हुनू, २४ लाख खोप गाएब हुनू जस्ता कुराहरुमा सरकारले चासो नदेखाएको भन्दै […]

सम्बन्धित समाचार