गजल- सलामी निद्रोष

सलामी निर्दोष २३ पुष २०७७, बिहीबार २२:१०

तिम्रो त विहे भा रैछ, भनिनौ किन
अर्कैले सिन्दुर ला रैछ, भनिनौ किन

तिमिलाई सुख दिन सहर बसालेर
धन कमाउन गा रैछ, भनिनौ किन

इज्जत कलमको निममा हुन्छ भन्ने
तिम्लाई नि था रैछ, भनिनौ किन

पछि कल गर्छु भन्दै फोन राख्छौ
तिम्रो मान्छे आ रैछ, भनिनौ किन

तिम्ले मैले गरेका पिरतिका कुरा
उस्ले थाहा पा रैछ, भनिनौ किन

सलामी निर्दोष, महावु ४ दैलेख

Next Post

माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा शुल्क लाग्ने

२३ पुष २०७७, बिहीबार २२:१०
काठमाडौं :कोरोना महामारीको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबारमा निःशुल्क रहेकोमा आगामी माघ १ गतेदेखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ । राष्ट्र बैंकले आज भुक्तानी सम्बन्धी एक निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेको […]