२३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्यो

कर्णालीदृष्टी संवाददाता १९ माघ २०७८, बुधबार ०६:५३

काठमाण्डौ – (कोभिड १९) कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।

सरकारले कोभ्याक्समार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेकोमा १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ ।

मंगलबार ल्याइएको २३ लाख ४० हजार मात्रा खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने चौरासियाले बताउनुभयो ।

कोभ्याक्स सुविधामार्फत नै थप ६२ लाख मात्रा खोप अनुदानमा ल्याउने प्रक्रिया पनि अघि बढिसकेको उहाँले बताउनुभयो ।

Next Post

कर्णालीमा सत्ता र प्रतिपक्षबीच सातबुँदे सहमति

१९ माघ २०७८, बुधबार ०६:५३
सुर्खेत । कर्णाली प्रदेशसभाको मंगलबार बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्षबीच सातबुँदे सहमति भएको छ । बजेटमा भएका कमीकमजोरीका विषयमा प्रमुख प्रतिपक्ष दलले विरोध गरेपछि बैठक अवरुद्ध भएको थियो । प्रतिपक्ष र सत्तापक्षबीच सातबुँदे सहमति भएपछि नवौं अधिवेशनको चौथो बैठकको अवरोध हटेको छ । बजेटमा भएका कमीकमजोरी सच्याउनुपर्ने, टुक्रे योजना […]