सुत्केरी महिलाको हेलीकप्टरमार्फत उद्धार

कर्णालीदृष्टी संवाददाता २० माघ २०७८, बिहीबार ०७:००

दैलेख । दैलेखको आठबिस नगरपालीकाकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । मंगलबारदेखी नै सुत्केरी व्यथा लागेर थलिएकी आठबिस नगरपालीका वडा नम्बर ८ दह निवासी हिरा वडुवाललाई बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरी सुर्खेत लगिएको हो ।

२४ बर्षीय बडुवालले स्थानीय प्राथामीक स्वास्थ्य केन्द्र ठाटीकाँधमा मंगलबार नै बच्चा जन्माएको भएपनि सुत्केरीपश्चात अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागी प्रदेश अस्पताल कालागाउ सुर्खेतमा पठाईएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार सुत्केरी पश्चात निरन्तर रक्तश्राव भई स्वास्थ्यमा जोखिम भएको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी बडुवालको हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको हो ।

यो संगै गत साउन महिनादेखी यता हालसम्म साढे ६ महिनाको अबधिमा दैलेख जिल्लाका बिभीन्न स्थानहरुबाट करीब १० जना सुत्केरी तथा गर्भवती महिलाहरुको हेलीकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।

Next Post

हत्याको कसुरमा दैलेखमा २ जनालाई जन्मकैद

२० माघ २०७८, बिहीबार ०७:००
दैलेख । दैलेखको नौमूले गाउँपालिका–१ तोलीराइलीका ३९ वर्षीय भूपेन्द्रबहादुर शाहीको हत्या गरेको कसुरमा तोलीराइली गाउँका ३८ वर्षीय बलबहादुर सिंह र २६ वर्षीय प्रेमबहादुर बस्नेतलाई दैलेख जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ । मंगलवार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट दुवै जनालाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने फैसला भएको अदालतका सूचना […]