कांग्रेस महाधिवेशन: खुला केन्द्रीय सदस्यको मतगणना सकियो (मत परिणामसहित)

कर्णालीदृष्टी संवाददाता ५ पुष २०७८, सोमबार ०६:५५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार डा. शशांक कोइरालासहित ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन । सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै टिममा परेका शशांकले सर्वाधिक ३८३६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै २९३७ मत प्राप्त गरी एनपी साउद दोस्रो, बालकृष्ण खाँण २८७९ मत प्राप्त गरी तेस्रो,२८४३ मत प्राप्त गरी उदयशमशेर राणा चौथो हुनुभएको छ ।

यस्तै रामहरि खतिवडा २८३२, ज्ञानेन्द्र बहादुर कार्की २८२०, रमेश लेखक २७८०, शंकर भण्डारी २७६८ जिपछिरिङ लामा २७०२ र अर्जुननरसिंह केसीले २६५० मत प्राप्त गरी टप १० भित्र परेका छन ।

यस्तो छ जित्नेको मत परिणाम

यस्ताे छ ९९ काे अन्तिम मत परिणाम

#ThahaKhabar

Next Post

सल्यानमा किवी खेतीप्रति किसानको आकर्षण बढ्यो

५ पुष २०७८, सोमबार ०६:५५
सल्यान । पछिल्लो समय सल्यानमा किवी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । बाँझो हुँदै गएको जग्गामा लगाइएको किवीले राम्रो उत्पादन हुन थालेपछि किसानको आकर्षण बढ्दै गएको हो । विरूवा लगाएको एक वर्षपछि नै उत्पादन दिने भएकाले पनि किसानहरु व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन । अन्य अन्नबालीभन्दा झन्डै तीन […]

सम्बन्धित समाचार