दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिकाले नागरिकहरुलाई स्वच्छ खानेपानिको पहुँचमा पुर्याउनका लागि मजुवा खानेपानि आयोजना विस्तारको कार्यलाई तिब्र बनाएको छ ।
नागरिकहरुलाई खानेपानिको सुबिधा उपलब्ध गराउने लक्ष्य सहित (छिमेकि) भैरवी गाउँपालिकाको वडा नं ७ स्थित मजुवा देखी चामुण्डा विन्द्रासैनीको नगरपालिका ९ नम्बर वडा (डंसुर) सम्म करिव ३६ किलोमिटरको दुरीमा रहेको उक्त खानेपानी आयोजना विस्तार कार्यलाई तिब्र पारिएको हो ।
शनिबार नगरप्रमुख गणेशकुमार शाहीले चाुमण्डा बिन्द्रासैनि नगरपालिका वडा नम्बर ५ को कार्की डाडाँमा निर्माण हुन लागेको पचास हजार लिटर क्षमताको खानेपानी ट्याङ्कीको शिल्यान्यास गर्नुभएको छ ।
निर्माणधिन खानेपानि ट्याङ्कीको शिल्यान्यास गर्दै नगरप्रमुख शाहीले ट्याङ्की निर्माण कार्य असार मसान्तसम्म सक्ने गरी काम गर्न उपभोक्ता समितलाई निर्देशन समेत दिनुभएको छ । निर्माण कार्यको जिम्मा लिएको मजुवा खानेपानी उपभोक्ता समितिले दक्ष र प्रयाप्त जनशक्ती लगाएर सम्झौता भएको समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
खानेपानि आयोजना बिस्तार पश्चात त्यहाँका प्रत्येक घरमा २ सय लिटरका दरले ५ सय घरपरिवारलाई खानेपानि उपलब्ध हुने पालिकाले विस्वास गरेको छ ।
खानेपानि ट्याङ्कीको शिल्यान्यास गर्दै नगरप्रमुख गणेशकुमार शाही

यस्तै प्रमुख शाहीले पालिकामा हुने विकास निर्माणका काममा कुनै पनि गलत सम्झौता नगरिने र कसैले गलत कार्य गरेको पाईउको खण्डमा छुटकारा नदिने पनि चेतावनि दिनुभयो । आफ्नो पाँच बर्षे कार्यकालमा नगरपालिकामा खानेपानी, स्वास्थ्य, शिक्षा र सडकलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको समेत नगर प्रमुख शाहीको भनाई छ ।
लामो समयदेखि खानेपानिको समस्यामा रहेका नागरिकहरुको जिवनस्तरमा सहजताका लागि थालिएको उक्त कार्यले मजुवा देखी चामुण्डाबिन्द्रासैनि नगरपालिकाको डंसुर सम्म प्रत्येक नागरिकका घर–घरमा खानेपानीका धारा जडान गरि स्वच्छ पानि उपलब्ध गराउने नगरपालिकाको प्रमुख लक्ष्य रहेको छ ।


