गोठालो भत्ता दिने कर्णाली प्रदेश सरकारको तयारी

कर्णालीदृष्टी संवाददाता २२ माघ २०७८, शनिबार १०:०१

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने तयारी गरेको छ । कर्णाली प्रदेशका हिमाली जिल्ला कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा व्यवसायीक रुपमा भेडा पाल्दै आएका किसानलाइ गोठालो भत्ता निर्णय तयारी गरिएको हो ।

५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानलाई मासिक एक हजार ५ सय गोठालो भत्ता पाउने कर्णाली प्रदेश सरकारले निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सुचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानको लगत सङ्कलन भइरहेको र लगत सङ्कलन भएपछि ५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानले वार्षिक एकमुष्ट १८ हजार रुपैयाँ पाउने उहाँले बताउनुभयो । कालीकोटको पचालझरना गाउँपालिकाले भने पशुपालक किसानलाई गोठालो भत्ता दिँदै आएको छ ।

Next Post

पाल्पामा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यू

२२ माघ २०७८, शनिबार १०:०१
पाल्पा – पाल्पामा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यू भएको छ । ३८ वर्षीय वसन्त गिरी र ५० वर्षीय गणेश परियारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । प्रहरीका अनुसार तानसेन ४ बडिज्ञानटोलमा भाडामा बस्दै आउनुभएका वसन्त गिरी र अर्घाखाँचीको छत्रकोट गाउँपालिका ४ स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै […]