स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि सुरु

कर्णालीदृष्टी संवाददाता ३ माघ २०७८, सोमबार ०९:३२

दैलेख । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम माघ स्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ ।

एक महिनासम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।

आजैदेखि एक महीनासम्म देशका बिभीन्न ठाउमा माघस्नान सहित मेला लाग्ने गर्छ । यस वर्ष कोरोनाको महामारीका कारण मेला नगरी व्रत मात्र गर्ने गरी तयारी गरिएको छ ।

Next Post

कर्मचारीलाई कोरोना देखिएपछि वाणिज्य बैंक सुर्खेत शाखा बन्द

३ माघ २०७८, सोमबार ०९:३२
सुर्खेत । राष्ट्रिय वाणिज्य बैंक सुर्खेतमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा आइतबार कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ । दुई जना कार्यालय सहयोगीसहित थप तीन जना कर्मचारीमा लक्षण देखिए पनि परीक्षण हुन बाँकी रहेको बैंकका […]