आयोगले आज मतदाता अन्तिम नामावली प्रकाशित गर्ने

कर्णालीदृष्टी संवाददाता १३ चैत्र २०७८, आईतवार ०७:४३

काठमाण्डौ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ ।

मतदाता नामावली अध्यापकको कार्य सकिएको जानकारी दिँदै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आज आयोगले औपचारिक निर्णय गरेर नामावली प्रकाशित गर्ने जानकारी दिनुभयो ।

यसअघि आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान सार्वजनिक गरेको थियो ।

आयोगले दुई करोड मतपत्र छाप्ने तयारी गरेको छ । मतदाता संख्याभन्दा १०–१५ प्रतिशत बढी मतपत्र छाप्नुपर्ने सहप्रवक्ता अर्यालले बताउनु भयो । मतपत्र छपाइ भने जनक शिक्षा सामग्री लिमिटेड गर्ने छ ।

Next Post

नेपाल–चीनबीच नौ बुँदे समझदारी

१३ चैत्र २०७८, आईतवार ०७:४३
काठमाण्डौ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ बुँदे समझदारी–पत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाल चीन अन्तर देशीय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत् प्रशारण लाइन […]