जनताको मुख्य सत्रु भनेकै गरिवी, वेरोजगारी र अशिक्षा हो: मन्त्री शाही

कर्णालीदृष्टी संवाददाता १३ फाल्गुन २०७८, शुक्रबार १८:४१

दैलेख । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले समुन्नत नेपाल निर्माणका लागि कर्णाली सरकार प्रतिवद्व रहेको बताउनु भएको छ ।

नेपाली कांग्रेस भैरवी गाउँ कार्य समिति दैलेखले आज (शुक्रबार) आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले नेपाली जनताको सत्रु भनेकै गरिवी, वेरोजगारी, अशिक्षा जस्ता समस्याहरु रहेको बताउनुभयो ।

उहाले जनताले भोगीरहेका यस्ता बिभीन्न समस्याहरुलाई निराकरण गर्न र समुन्नत नेपाल निर्माणका लागी कर्णाली सरकार प्रतिवद्व रहेको बताउनु भएको हो ।

नेपाली कांग्रेस भैरवी गाउँ कार्य समिति दैलेखले आज एक कार्यक्रमको आयोजना गरि पार्टीका पुर्व जिल्ला सभापति समेत रहुभएका मन्त्री हिमबहादुर शाहीलाई बधाई तथा सम्मान गरेको छ ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री शाहीले नेपालमा कम्युनिष्टहरु भ्रमको खेति गर्ने र देशमा अस्थिरता निम्त्याउने चलखेलमा लागेको आरोप समेत लगाउनु भएको छ ।

अहिले देशमा हरेक तत्वहरु सलवलाइ रहेको हुंदा विभिन्न चलखेल हुन सक्ने संकेत गर्दै मन्त्री शाहीले नेपाली जनता चनाखो र सजक रहनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै उहाले देशको विकास र समृद्ध नेपाल निर्माण गर्नको लागि आगामी चुनावमा नेपाली कांग्रेसको निष्ठा र आस्थालाई आत्मसाथ गर्दै हरेक जनताको घरघरमा गई नेपाली कांग्रेसलाई विजयी गराउनको लागि संगठन विस्तारमा ध्यान केन्द्रीकृत गर्न नेता कार्यकर्तालाई निर्देशन पनि दिनु भएको छ ।

यस्तै भेटघाट तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समितिका सदस्य भक्तिप्रसाद उपाध्यायले अधिवेशनमा देखिएका तिक्ततालाई अन्त्य गर्दै सम्पूर्ण नेता कार्यकर्ता एक जुट हुन आग्रह गर्नु भयो ।

कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्य समिति दैलेखका उपसभापति रिता शाही, सचिव नारायण रेग्मी, क्षेत्र नं. २ का क्षेत्रीय सभापति भरत प्रसाद रिजाल, महाधिवेशन प्रतिनिधि मधुर बिक्रम खनाल, प्रदेश सभा २ क का सभापति टंक रिमाल लगाएतका नेताहरुले अव पार्टी एक ढिक्का भइ आगामी चुनावमा कांग्रेसलाई जिताउनको लागि लाग्नुपर्नेमा जोड दिएका थिए ।

सोही कार्यक्रममा बिभीन्न पार्टी परित्याग गरि ४२ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश समेत गरेका छन ।

Next Post

मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतका कान्छा वडाध्यक्ष कार्कीको निधन

१३ फाल्गुन २०७८, शुक्रबार १८:४१
सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका– १ का वडाध्यक्ष नवराज कार्कीको निधन भएको छ । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो । नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो । रत्न राजमार्ग अन्तरगत […]

सम्बन्धित समाचार