शरीर बन्धक आरोपमा पाँच जना पक्राउ

कर्णालीदृष्टी संवाददाता १२ फाल्गुन २०७८, बिहीबार ०६:४९

दाङ – दाङको तुलसीपुरमा अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

तुलसीपुर ३ बस्ने निशान शाही ठकुरी, त्यही वडाको गहते बस्ने सुमित भण्डारी,वडा नम्वर ९का प्रेम डाँगी, त्यहीँ ठाउँका दुर्गेश शर्मा र वडा नम्वर ८ का कमल विकलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न रहेका भनिएका  तुलसीपुर ८ नयाँबस्ती २० वर्षीय विशाल सुनार भने फरार भएका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

उनीहरुमाथि अस्ति सोमवार बेलुका तुलसीपुर ३ दमारगाउँको जंगल नजिकैबाट सल्यान बागचौर नगरपालिका ९ घर भई अहिले तुलसीपुर ९ बेलुवामा कोठाभाडा लिएर बस्दै आएका १९ वर्षीय ललित वली र रमन डाँगीलाई कुटपिट तथा अपहरण गरेको आरोप लागेको छ ।

घटनाको अनुसन्धान भइरहेको छ।

Next Post

मानव अधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन गर्ने

१२ फाल्गुन २०७८, बिहीबार ०६:४९
काठमाडौं । मानव अधिकार आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अनुगमन गर्ने भएको छ । बुधबार आयोगले निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त, पूर्व आयुक्त तथा नागरिक समाजका प्रतिनिधिहरुसँग छलफल गर्दै स्थानीय चुनावको अनुगमन गर्ने बताएको हो । छलफलमा सहभागीरुले राष्ट्रिय मानव अधिकार आयोगले विद्यमान निर्वाचन कानुनको […]