जनताका समस्यालाई मुख्य प्राथामीकता दिन्छौ: मन्त्री शाही

कर्णालीदृष्टी संवाददाता २९ माघ २०७८, शनिबार १८:४५

दैलेख । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले जनताका समस्यालाई पहिचान गरी मुख्य प्राथमिकताका आधारमा सम्वोधन गर्नका लागि कर्णाली प्रदेश सरकार प्रतिवद्व रहेको बताउनु भएको छ ।

शनीबार नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. २ दैलेख र प्रदेश सभा कार्यसमिति दुल्लुले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री शाहीले यस्तो बताउनुभएको हो ।

उहाले संघिय गणतान्त्रिक लोकतन्त्रको विकास र कार्यान्वयनको लागि जनता जागरुक हुन आवश्यक रहेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री शाहीले दुल्लुमा रहेको नेपाली सेनाको वेश क्याम्प स्थाई गर्नको लागि केन्द्रीय सरकारलाई दवाव दिने पनि बताउनुभएको छ ।

मन्त्री शाहीलाई बधाई तथा शुभकामना दिदै नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समितिका सदस्य भक्ति प्रसाद उपाध्याय, जिल्ला कार्य समितिका उपसभापति रिता शाही, दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारी, क्षेत्रीय सभापति भरत प्रसाद रिजाल लगाएतका नेताहरुले कर्णाली प्रदेश सरकारले उदाहरणीय काम गरेर जनताको मन जित्नुपर्नेमा जोड दिन पनि आग्रह गरेका छन ।

मन्त्री भईसकेपछि पहिलो पटक गृह जिल्लाको भ्रमणका क्रममा दैलेख आउनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री शाहीलाई जिल्ला को दुल्लु नगरपालिका र गृह नगर चामुण्डामा भब्य स्वागत गरिएको छ ।

मन्त्री शाहीले फागून २ गतेसम्म जिल्लाका बिभीन्न ठाउको भ्रमण गर्नुहुने छ । भ्रमणका क्रममा चामुण्डा विन्द्रासैनि नगरपालीकाका विभिन्न शैक्षिक संस्था र पार्टीले आयोजना गरेका कार्यक्रममा सहभागिता जनाउनुहुने बताईएको छ ।

Next Post

आयोगद्वारा आजदेखि निर्वाचनको दैनिक ‘प्रेस ब्रिफिङ’

२९ माघ २०७८, शनिबार १८:४५
काठमाडा । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन सञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता–सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्वन्धीत अन्य विषयमा […]