डिभिजन जलाधार व्यबस्थापन कार्यालय जुम्लाको सुचना

कर्णाली दृष्टि संवाददाता २२ चैत्र २०८०, बिहीबार ०८:२०

काठमाडौं। मध्यरातमा गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेका छन।, मादक पदार्थ पिएर होहल्ला गरिरहेको अवस्थामा गायक राईसहित तीन जनालाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

‘उनीहरू तीनै जनालाई गएराति नियन्त्रणमा लिई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ’, उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’

प्रहरी परिसरका अनुसार उनीहरूलाई अनामनगरस्थित मदनभण्डारी कलेजनजिकैबाट पक्राउ गरिएको अधिकारीले जानकारी दिए।

मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ताले बताए।

Next Post

दैनिक रेकर्ड कायम बनाउँदै सुनको मूल्य, आजपनि ह्वात्तै बढ्यो

२२ चैत्र २०८०, बिहीबार ०८:२०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक रेकर्ड कायम बनाइरहेको छ । बिहीबार सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि यही बुधबार छापावाल सुनको […]

सम्बन्धित समाचार