बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु ४५ जना घाइते ।

कर्णाली दृष्टि संवाददाता २८ कार्तिक २०७७, शुक्रबार १०:४१

बैतडी : बैतडीको गन्‍नाबाट छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदुत यातायातको यात्रुवाहक बस बिहीबार राति बैतडीको खोडपेमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अरु ४५ जना घाइते भएका छन्। घाइतेहरुलाई उद्धार गरी राति नै डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल लगिएको छ ।

घटनास्थलमा राति नै बैतडी प्रहरी उद्धारका लागि पुगेको थियो । रातिको समय भएकाले दुर्घटनाबारे पूर्ण विवरण आइसकेको छैन । मृतकबारे सम्पूर्ण जानकारी आएको छैन । घट्नास्थलबाट बैतडीका प्रहरी निरीक्षक धनदेव साउदले अन्नपूर्णलाई बताएअनुसार बसमा कम्तिमा ५४ जना यात्रु थिए । बस सडकबाट झण्डै ३ सय मिटर तल खसेर दुई टुक्रा भएको बताइएको छ ।

क्षमता भन्दा धेरै यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

Next Post

आज : गाई र गोरु तिहार मनाइँदै

२८ कार्तिक २०७७, शुक्रबार १०:४१
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजा गरिँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको […]