गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त

कर्णाली दृष्टि संवादाता २९ बैशाख २०७८, बुधबार १८:०७

 


पोखरा :गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् ।प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेकी हुन् ।
प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

बुधबार राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गरेपछि प्रदेश प्रमुखको कार्यालयले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दावी नपुग्ने निश्कर्ष निकालेको हो ।प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले गुरुङलाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रक्रिया अघि बढेको पुष्टि गरे ।

Next Post

केपी शर्मा ओली प्रधानमन्त्री पदमा पुनः नियुक्त,सपथ आज लिदै

२९ बैशाख २०७८, बुधबार १८:०७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बताइन् । प्रधानमन्त्री ओलीलाई शुक्रबार दिउँसो दुई बजे शपथ गराउने तयारी भइरहेको बताइएको […]