दैलेख । कर्णाली प्रदेशका आन्तरिक ममिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले नेपाल बहुभाषिक, बहु धार्मिक तथा बहु सांस्कृतिक मुलुक भएकोेले सम्पुर्ण धर्महरुको संरक्षण गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ ।
चामुण्डा विन्द्रशैनी नगर पालिका वडा नं. १ मा रहेको नोर्वु छयोलिङ्ग वौद्ध गुम्वाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै शाहीले नेपालीको मौलिक सस्कृतिहरुको संरक्षणका लागि कर्णाली प्रदेश सरकार लागि पर्ने बताउनु भएको छ ।
मन्त्री शाहीले नागरीकको शिक्षा, स्वास्थ्य, खानेपानी यातायात लगाएत भौतिक संरचनाको विकासका लागि आफु प्रतिवद्ध रहेको बताउदै जनताको आवश्यकतालाई पहिचान गरेर सम्वोधन गर्ने पनि बिश्वास दिलाउनुभयो ।
मन्त्री शाहीले चामुण्डा बिन्द्रासैनी १ मा रहेको गुम्वाको पुजा गर्दै गूम्बाको विकास र प्रवद्धनको लागि समेत पहल थाल्ने आश्वासन दिनुभएको छ ।
यस्तै मन्त्री शाहीले बिहीबार नै चामुण्डा विन्द्राशैनी नगरपालिकामा रहेको चामुण्डा नमुना माध्यमिक विद्यालय र चामुण्डा कलेजको स्थलगत अनुगमन तथा भ्रमण पनि गर्नु भएको छ ।
सोही क्रममा उहाले सम्मुन्नत समाजको निर्माण र देश विकासको लागि वबुद्धीजिवी, शिक्षक कर्मचारी लगाएतका ब्यक्तिहरु अग्रसर हुनु पर्नेमा जोड समेत दिनुभएको छ ।