सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले सुर्खेतका बाढिपीडितहरुको उचीत व्यवस्थापन गर्न तयारीमा जुट्ने बताउनुभएको छ ।
मंगलबार सुर्खेतको बराहताल गाउँपालिका–२ गिरिघाटमा बसोबास गर्ने बाढिपिडीतहरुसंग भेटघाट गर्दै मन्त्री शाहीले यस्तो बताउनु भएको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालय मार्फत बाढीपिडीतहरुलाई राहात स्वरुप प्रती घरधुरी तीन लाख रुपैयाँ वितरण गरि सकिएको जानकारी गराउदै मन्त्री शाहीले सोही रकमबाट आफ्नो बसाई व्यवस्थापन गर्न सुझाव दिनुभएको छ ।
भेटघाटका क्रममा बाढिपीडितले आफुहरुलाई नगद रुपैयाँ भन्दा बस्ने घर बनाईदिन मन्त्री शाहीसँग अनुरोध गरेका थिए । उनिहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको प्रबन्ध हुने स्थानमा बसोबासको व्यवस्था मिलाईदिन पनि मन्त्री शाहीसँग आग्रह गरेका हुन ।
मन्त्री शाहीले घरबास बनाउन योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्दै बराहताल गाउँपालिका वडा नं. २ का अध्यक्ष योवराज कार्कीलाई दोहोरो बस्ती नपर्ने गरी घरबास आवश्यक पर्ने पीडितहरुको लगत संकलन गर्न निर्देशन दिनुभयो ।
यसैबिच भेटघाटका क्रममा राष्ट्रिय भूमी आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलेले यसअघि आयोगले संकलन गरेका फारमको आधारमा मुल्यांकन गरी बाढिपीडितलाई जग्गा उपलब्ध गराईने बताउनुभयो ।
उक्त भेटघाट कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव प्रेमराज गिरी, उपसचिव निधिराज न्यौपाने लगायत सहभागी हुनुभएको थियो ।