प्रधानमन्त्री ओलीले मागे कांग्रेससँग विश्वासको मत

कर्णाली दृष्टि संवादाता २२ बैशाख २०७८, बुधबार १८:२९

काठमाडौं :पार्टीका नेताहरुसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतमा सहयोग मागेका छन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ दिएको थियो ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेल देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

कांग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा.शशांक कोइराला, पुर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।

Next Post

प्रतिदिन सस्तिदै तरकारीको मुल्य

२२ बैशाख २०७८, बुधबार १८:२९
काठमाडौँ :निषेधाज्ञा सुरु भएसँगै केही दिन यता तरकारीको भाउ क्रमश घट्ने क्रममा रहेको छ । मंगलबार (हिजो) रातो आलुको मुल्य अधिकतम ४५ रुपैँया प्रतिकिलो रहँदा बुधबार (आज) पाँच रुपैँयाले घटेर ४० रुपैँया प्रतिकिलो पुगेको छ । त्यस्तै, हिजो लोकल काँक्राको मुल्य ६० रुपैँया प्रतिकिलो रहँदा आज ५० रुपैँयामा झरेको छ […]

सम्बन्धित समाचार