मुगुबाट सुर्खेत जाँदै गरेकाे हेलिकप्टरमै शिशुकाे जन्म

कर्णालीदृष्टी संवाददाता १७ फाल्गुन २०७८, मंगलवार १८:२०

जुम्ला – मुगुको खत्याड गाउँपालिका ४ की २० वर्षीया धनलक्ष्मी रावलले हेलिकप्टरमै बच्चा जन्माउनुभएको छ ।

सुत्केरी व्यथा लागेकी गर्भवतीको नेपाली सेनाले उद्धार गरेर सुर्खेत लैजाने क्रममा रावलले हेलिकप्टरमै बच्चालाई जन्म दिनुभएको हो ।

आमा र शिशुलाई अहिले प्रदेश अस्पतालमा सुर्खेतमा राखिएको छ । सेना दिवसको अवसरमा यो मानवीय उद्धार नमुनाको सेवा भएको सेनाले जनाएको छ ।

Next Post

थप १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

१७ फाल्गुन २०७८, मंगलवार १८:२०
काठमाडौं । पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र दुई हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको […]