थप १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

कर्णालीदृष्टी संवाददाता १७ फाल्गुन २०७८, मंगलवार १८:३०

काठमाडौं । पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र दुई हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५४ रहेको छ भने संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या सात हजार ९७१ रहेको छ । जसमध्ये ७ हजार ७७३ जना होम आइसोलेसनमा रहेका छन् भने १९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ७५ जना आईसीयू र ८ जना भेन्टिलेटरमा उपचाररत् छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ५२९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९३८ पुगेको छ भने ९ लाख ५७ हजार १६७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण शून्‍यमा झरेको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५ जना कोरोना संक्रमित थपिएका छन् ।

Next Post

द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनर्बहाली

१७ फाल्गुन २०७८, मंगलवार १८:३०
काठमाण्डाै – नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने भएको छ । मन्त्रिपरिषद्को हिजाेको बैठकले ५८६ शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । तीमध्ये २३३ शिक्षकको पुनर्बहाली हुने भएको छ भने १८ शिक्षकको नियुक्ति, ४१ शिक्षकको हकमा सेवासुविधा तथा […]