सुर्खेतको भेरी नदीमा नुहाउँदै गर्दा तीन बालबालिका बेपत्ता

कर्णालीदृष्टी संवाददाता २९ फाल्गुन २०७८, आईतवार ०७:१७

सुर्खेत । सुर्खेतको भेरी नदीमा नुहाउँने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाट स्थित रानिवगर घाट भेरि नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका हुन् ।

शनिबार साँझ ५ बजेको समयमा उनिहरु नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजालि र १० वर्षीय दिनेश बुढा रहेका छन ।

प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजीकार्य जारी राखेका छन् ।

Next Post

दुल्लु नगरपालीका वडा नम्बर १० को वडा कार्यालयमा तालाबन्दी

२९ फाल्गुन २०७८, आईतवार ०७:१७
दैलेख । दैलेखको दुल्लु नगरपालीका वडा नम्बर १० को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडा कार्यालयले सर्वसाधारणलाई जानकारी बिना नै सार्वजनीक सुचना नै टास नगरी आफुखुसी काम गरेको भन्दै अनिश्चितकालीन ताला बन्दी गरिएको नेपाली कांग्रेस दुल्लु नगरपालीका १० का वडा सभापति दिपेन्द्र कुमार पुरीले जानकारी दिनुभयो । उहाका अनुसार […]