गाउपालीका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

कर्णालीदृष्टी संवाददाता १९ बैशाख २०७९, सोमबार ०६:३३

दैलेख । दैलेखको भैरबी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले अध्यक्ष पदबाट राजीनामा दिएर वडा सदस्यको उम्मेदवार बन्न्ुभएको छ । बुढा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट पालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

तर, यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचमा भने बुढा अध्यक्षबाट राजीनामा दिँदै वडा सदस्यमा उम्मेदवारी दिनुभएको हो । बुढाले भैरबी गाउँपालिका वडा नम्बर ७ कुसापानीमा एमालेबाट वडासदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

बुढाले पुनः पालिका अध्यक्षमा दोहोरिने आकांक्षा गरे पनि एमालेले उहाँलाई अध्यक्षमा नदोहोराएपछि वडा सस्दयमा उम्मेदवारी दिनुभएको हो ।

बुढाले दैलेख जिल्ला समन्वय समिति प्रमुखको तयारी सहित सदस्यको उम्मेदवारी दर्ता गरेको खुलेको छ । दैलेखमा ११ स्थानीय तह रहेका छन् । एमालेले भैरबीको अध्यक्षमा सर्वराज महतारालाई उम्मेदवार बनाएको छ ।

Next Post

जुम्लामा असिनाले स्याउ खेतीमा क्षति

१९ बैशाख २०७९, सोमबार ०६:३३
जुम्ला । जुम्लामा शनिबार बेलुका परेको असिनापानीले स्याउ खेतीमा क्षति पु¥याएको छ । सिंजाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुंग्रा र शनिगाउँमा असिनापानीले स्याउखेतीमा क्षति पु¥याएको हो । केही स्याउमा स–साना दाना लागिसकेको र केही बिरुवामा चिचिला पलाउँदै गिरेको अवश्थामा असिनाले स्याउ खेती सखाप बनाएको सिंजा ६ का विज्ञान बुढाले बताउनुभयो […]