राष्ट्रिय जनगणना २०७८ स्थगित

कर्णाली दृष्टि संवादाता २० बैशाख २०७८, सोमबार १२:५४

काठमाडौं :राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो ।कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि सरकारले स्थगित गरेको थियो ।

Next Post

बुटवलको कोरोना अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु

२० बैशाख २०७८, सोमबार १२:५४
काठमाडौं :रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्लाका तीनजनाको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालबाट सन्चालित कोरोना विशेष अस्थायी अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुषको आज विहान […]