दैलेख । दैलेखका ६१ वटा सहकारी सस्थाका सदस्य तथा पदाधीकारीहरुलाई सहकारी लेखा व्यवस्थापन तथा सहकारी नेतृत्व विकास तालीम प्रदान गरिएको छ ।
राष्टिय सहकारी महासंघ नेपालको आयोजना तथा जिल्ला सहकारी संघ दैलेख को समन्वयमा जिल्लामा रहेका सहकारी मध्ये ३१ वटा सहकारीका सदस्यहरुलाई सहकारी लेखा व्यवस्थापन र ३० वटा सहकारी सस्थाका अध्यक्ष तथा पदाधीकारीहरुलाई सहकारी नेतृत्व विकास सम्बन्धी तालीम प्रदान गरिएको जिल्ला सहकारी संघ लिमीटेड दैलेखका अध्यक्ष भुपेन्द्र कुमार खड्काले जानकारी दिनुभयो ।
फागुन २४ गतेदेखी २९ गतेसम्म दैलेख सदरमुकाममा सञ्चालन भएको तालीममा सहभागी ३१ सदस्यहरुलाई लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता सहित सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
यस्तै ३० वटा सहकारी सस्थाका अध्यक्ष तथा पदाधीकारीहरुलाई सहकारीको नेतृत्व कसरी गर्ने र सहकारीलाई कसरी सबल सहकारी बनाउने भन्ने बारेमा प्रशिक्षण गराईएको बताईएको छ ।
तालीममा सहभागीहरुलाई मुख्य प्रशिक्षकका रुपमा राष्टिय सहकारी महासंघका बरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी र जिल्ला सहकारी संघ लिमीटेड दैलेखका अध्यक्ष भुपेन्द्र खड्काले प्रशिक्षण दिनुभएको थियो ।
जिल्लामा हाल सञ्चालनमा रहेका ३ सय बढी सहकारी मध्येबाट ६१ वटा सहकारीका सदस्यहरुलाई छनौट गरि उक्त तालीम प्रदान गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
पछिल्लो समय जिल्लामा सहकारी सस्थाको सङख्यामा बृद्धी भएसंगै स्थानीय नागरीकहरु बिभीन्न पेशा व्यवसाय गरेर आय–आर्जनमा पनि अग्रसर बन्दै गईरहेको जिल्ला सहकारी संघ लिमीटेड दैलेखका अध्यक्ष खड्काको भनाई छ ।
उहाले जिल्लामा सञ्चालीत सहकारीहरुले बिभिन्न उद्योग सञ्चालन, दुध संकलनका लागी डेरी स्थापना, कृर्षी क्षेत्रमा बिभीन्न कार्यक्रमहरु सञ्चालन, ठाउ– ठाउमा हाटबजार सञ्चालन तथा पशुपालनमा जोड दिने जस्ता कार्यहरु सूरु गरेसंगै नागरिकहरु व्यवसायीकरण बन्दै गईरहेको बताउनुभयो ।
यस्तै तालीम समापन कार्यक्रममा बोल्दै राष्टिय सहकारी महासंघ नेपालका बरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले अवको यूवा पिडिले समेत सहकारी बुझ्नु पर्ने र वैदेशिक रोजगारीको सट्टा सहकारी मार्फत रोजगारी सिर्जना गर्नु पर्ने धारण व्यक्त गर्नूभयो । साथै व्यवसायिक रुपमा स्वस्थ्य प्रतिस्पर्धामा सहकारी चल्न सक्नु पर्ने उनले आवश्यकता औल्याउनुभयो ।
यस्तै तालीम समापनमा बोल्दै प्रतिनिधीसभा सदस्य (सांसद) राज बहादूर बुढाले आगामि दिनमा जिल्लाका दुर्गम स्थानहरुमा समेत यस्ताखाले तालिम कार्यक्रम तथा प्रारम्भिक सहकारी संस्थाहरु संगको आपसि समन्वयमा संचालन गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाले सानो सानो पूँजि संकलन गरेर बनाइने सहकारीलाई व्यवस्थित गराएर सहकारीमार्फत आर्थिक तथा सामाजिक अवस्थमा सुधार ल्याउनका लागि वित्तीय अनुशासन अति महत्वपूर्ण हुने भन्दै उहाँले लेखा सम्बन्धी ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।