कांग्रेसको अल्टिमेटम- आउदो अर्को बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस्

कर्णाली दृष्टि संवाददाता २१ चैत्र २०८०, बुधबार १२:५०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको तर्फबाट सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग बारेको अल्टिमेटम सकिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले आउदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस् भन्दै कांग्रेसले दिएको अल्टिमेटम सकिएको बताएका हुन् ।

कतिपयले कांग्रेसले यो मुद्धालाई कमजोर बनायो भन्ने आरोप गलत भएको बताउदै उनले अबको बैठक कांग्रेसले मग पुरा नभएमा अवरुद्ध गर्ने संकेत गरेका बताए ।

उनले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् । सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनाबिना गरिएको बताए ।

Next Post

पेट्रोलियम पदार्थ अन्वेषणका मेसिन सामाग्री बोकेको ट्रक दैलेखमा दुर्घटना

२१ चैत्र २०८०, बुधबार १२:५०
सुर्खेत । पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रलिङ’ मेसिनका सामाग्री बोकेको ट्रक दुर्घटनामा परेको छ।, ट्रक कर्णाली राजमार्गको पाली भन्ने ठाउँमा दुर्घटना भएको हो । यद्यपि चालकलाई भने केही नभएको दुल्लु प्रहरीले जनाएको छ। चिनबाट आएका ठुला र गरुङ्गो मेसिनरी सामानहरु नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग हुदै भैरवी गाउँपालिकाको जलजले लगिँदै […]