मुख्यमन्त्री शाहीको पक्षमा मतादान गर्ने ४ जना सांसदलाई एमाले बाट निष्कासन

कर्णाली दृष्टि संवाददाता १० बैशाख २०७८, शुक्रबार १५:१५

सुर्खेत । कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतादान गर्ने ४ जना सांसदलाई एमालेले पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो ।

 

Next Post

धरहराको उद्घाटन आज गरिदै,तत्काल अवलोकन गर्न भने नपाइने

१० बैशाख २०७८, शुक्रबार १५:१५
काठमाडौ :६ वर्षअघि भूकम्पले ढालेको धरहरा बनाउने काम सकिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ धरहराको उद्घाटन गर्दैछन । भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनेको छ । नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम […]