‘मिसन पत्रकारितावाला’ ले सरकारको कामको उपलब्धि देखेनन् : प्रधानमन्त्री

कर्णाली दृष्टि संवाददाता ९ जेष्ठ २०७८, आईतवार १५:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संचारमाध्यमले सरकारले गरेका कामको उपलब्धि देख्दै नदेखेको गुनासो गरेका छन् ।
बालुवाटारमा आइतबार प्रेस चौतारी आवद्ध पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले ‘मिसन पत्रकारितावाला’ ले धेरै बनावटी कुरा लेखेको आरोप लगाएका हुन।

‘केही त मिसन पत्रकारितावाला छन्,’ ओलीले भने, ‘उपलब्धि देख्दै नदेख्ने । कमजोरी छैन भने बनावटी कुरा बनाउने । मार्मिक कथा बनाउने । मार्मिक स्थितिलाई आफ्नो पक्षमा प्रयोग गर्ने ।’

ओलीले सरकार महामारी नियन्त्रणमा पुरै लागेको र पछिल्ला केही दिनमा कोरोना संक्रमण दर स्थिर रहेको भन्दै अब त्यो घट्ने विश्वास व्यक्त गरे । उनले सरकार अब सबैलाई खोप लगाउने कुरामा केन्द्रित हुने बताए ।

Next Post

हैसियत अनुसार मन्त्रालय लिन र चुनावी सरकारमा आउन : प्रधानमन्त्रीको आदेस

९ जेष्ठ २०७८, आईतवार १५:५०
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन् । उनले भने, ‘७ वटा मन्त्रालय  खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ […]