सांसद मोहन बानियाँ ५ लाख धरौटीमा रिहा

कर्णालीदृष्टी संवाददाता ३ चैत्र २०७८, बिहीबार ०७:२५

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका मुगु जिल्लाका सांसद मोहन बानियाँ ५ लाख धरौटीमा छुटेका छन ।

जिल्ला अदालत बाँकेका न्यायधीश ईश्वरी भट्टराईको इजलाशले जबरजस्ती करणी मुद्दामा प्रहरी हिरासतमा रहेका बानियाँलाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

जुम्लाकी ४० वर्षिया शिक्षिकाले आफुलाई नेपालगन्जको होटल सांसद बानियाँले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि सांसद बानियाँ फागुन १६ गते पक्राउ परेका थिए ।

आरोपित बानियाँले भने महिलाले लगाएको आरोप झुट भएको र आफूलाई फसाउन खोजिएको बताउदै आएका छन ।

Next Post

पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो

३ चैत्र २०७८, बिहीबार ०७:२५
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बुधवार बेलुकी बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर दुई […]