भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु, २ जना घाइते

चक्र प्रसाद पोख्रेल २३ पुष २०७७, बिहीबार १८:३१

सुर्खेत :सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ, २ जना गम्भीर घाइते भएका छन् ।दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार अरु २ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।

Next Post

प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन

२३ पुष २०७७, बिहीबार १८:३१
काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उनले सो प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, […]