माधव पक्ष पार्टीको नाम र चुनाव चिह्न टुंग्याउने गृहकार्यमा

पार्टीको नाम नेकपा एमाले समाजवादी हुनसक्ने

कृष्ण शर्मा २ भाद्र २०७८, बुधबार १४:३१

 

काठमाडौं – नेकपा (एमाले) विभाजनको अन्तिम मोडमा पुगेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले विभाजनको निर्णायक मोडमा पुगेको हो।

ओलीसँग मिल्न नसक्ने निष्कर्षसहित नयाँ पार्टी दर्ताको नाम र चुनाव चिह्न टुंग्याउन नेता नेपाल समूहको छलफल बानेश्वरको अर्याल होटलमा सुरु भएको एक नेताले बताए।

बैठकमा पार्टी विभाजनका लागि तयार भएका सांसद र नेताहरु सहभागी छन्। अध्यादेश जारी भएलगत्तै बैठकमा नेता नेपाल पनि प्रवेश गरिसकेका छन्। बैठकमा निर्वाचन आयोग जानको लागि हस्ताक्षर संकलन भइरहेको छ।

नेता नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले ९समाजवादी० र चुनाव चिह्न भने ुकलमु, ुकिताबु र सूर्यको विकल्पबारे छलफल भइरहेको ती नेता बताउँछन्।

पार्टी विभाजनका लागि तेस्रो तहका नेताहरुले नेता नेपाललाई साथ दिएको भए पनि दोस्रो तहका नेताहरु एकताको पक्षमा उभिएका छन्। एकताको माहोल बनाइरहेको बेलामा अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसदलाई पदमुक्त गरेपछि विवाद मिल्ने अवस्था टरेको हो।

नेता नेपालले मंगलबार आफू निकटको जनवर्गीय संगठनहरुलाई सम्बोधन गर्दै ओलीसँग मिल्न नसक्ने निष्कर्षका साथ अगाडि बढ्ने बताएका छन्।

नेपालले भनेका थिए, ओलीले पार्टी एकता चाहेनन्। अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीसँग सहकार्य गरेर अघि बढ्छौँ।

उनले अहिले नयाँ दल दर्ता गरेपनि अरु पार्टीसँग एकीकरण गर्ने पक्षमा नरहेको बताएका थिए। ओलीकै कारणले पार्टी विभाजनको मोडमा पुगेको बताउँदै ओली सुध्रिए भने फेरि एकता हुनसक्ने र चुनावी तालमेल गर्न सकिने स्पष्ट पारे। ओलीले पार्टी एकताको ढोका बन्द गरेको उनको भनाइ छ।

Next Post

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

२ भाद्र २०७८, बुधबार १४:३१
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएको छ। राष्ट्रपति भण्डारीद्वारा अध्यादेश प्रमाणीकरण भएसँगै जारी भएको हो। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या […]