जुम्लाको शनिगाउँमा स्वीकृत भएको १५ वर्षपछि प्रहरी चौकी स्थापना

कर्णालीदृष्टी संवाददाता ५ चैत्र २०७८, शनिबार ०८:२५

जुम्ला । जुम्लाको शनिगाउँमा स्वीकृत भएको १५ वर्षपछि प्रहरी चौकी स्थापना भएको छ । सिञ्जा गाउँपालिका वडा नम्बर ५ र ६ लाई लक्षित गर्दै स्थापना गरिएको प्रहरी चौकीको शुक्रवार उद्घाटन गरिएको छ ।

२०६३ सालमै प्रहरी चौकी स्थापनाका लागि नेपाल सरकारबाट स्वीकृति प्राप्त भएको ठाउँमा यस पटक प्रहरी चौकी स्थापना गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले चौकी स्थापना भएपछि शान्ति, सुरक्षाको थप प्रत्याभूति दिने र शनिगाउँ क्षेत्रको विकासमा समेत प्रहरीले सघाउने बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक चन्दले अहिले शनिगाउँमा एक हवलदारसहित सात जना प्रहरीको टिम रहेको बताउनुभयो । गाउँमा प्रहरी चौकी उद्घाटन भएपछि स्थानीयवासीले बाजागाजासहित स्वागत गरेका छन् ।

 

Next Post

स्थानीय तह चुनावका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

५ चैत्र २०७८, शनिबार ०८:२५
काठमाण्डौ । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले  शुक्रवार पत्रकार सम्मेलन गरी आजै बसेको बैठकले स्वीकृत गरेको स्थानीय तह निर्वाचन कार्यक्रम स्वीकृत गरेको जानकारी गराउँदै उम्मेदवार दर्तासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार आउँदो वैशाख […]