स्थानीय तह चुनावका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

कर्णालीदृष्टी संवाददाता ५ चैत्र २०७८, शनिबार ०८:२७

काठमाण्डौ । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले  शुक्रवार पत्रकार सम्मेलन गरी आजै बसेको बैठकले स्वीकृत गरेको स्थानीय तह निर्वाचन कार्यक्रम स्वीकृत गरेको जानकारी गराउँदै उम्मेदवार दर्तासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार आउँदो वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने मिति तोकिएको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दिन सकिनेछ ।

आयोगले वैशाख १२ गते बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ भने १३ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको छ । यस्तै उजुरीमाथि छानबिन गरेर आयोगले वैशाख १५ गते उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

यस्तै वैशाख १६ गते बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले वैशाख १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ ।

Next Post

जुम्लामा धौलिगाड बृहत खानेपानी आयोजनाको शिलान्यास

५ चैत्र २०७८, शनिबार ०८:२७
जुम्ला । नेपालको हिमालय क्षेत्रको सबैभन्दा ठुलो २७० किलोमिटर लामो धौलिगाड बृहत खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । सङ्घीय सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले आयोजनाको शिलान्यास गर्नुभएको हो । खानेपानी सरसफाई सबडिभिजन कार्यालय जुम्लाको मैदानमा उहाँले धौलिगाड खानेपानी आयोजनाको शिलान्यास गर्नुभएको हो । मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना नेपालको अर्को […]