माओवादीमा पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा अझै समस्या

कर्णालीदृष्टी संवाददाता २३ फाल्गुन २०७८, सोमबार ०८:००

काठमाण्डौ । पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा विवाद भएपछि स्थगित भएको माओवादी केन्द्रीय समिति बैठक आज बस्दैछ । आन्तरिक गृहकार्य नपुगेको भन्दै हिजोको बैठक आजसम्मको लागि स्थगित गरिएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक स्थगित गरेर विभिन्न विषयमा सहमति जुटाउने प्रयास गरिरहे पनि सहमति भइसकेको छैन ।

गएको शुक्रवारदेखि सुरु भएको बैठकमा एमसीसी, पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति गठन, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय तहको निर्वाचनलगायतका विभिन्न एजेन्डामा छलफल भइरहेको छ । यी एजेन्डामा सहमति जुटन नसकेपछि हिजो बस्ने बनिएको बैठक स्थगित भएको हो ।

सहमति जुट्न नसकेको अवस्थामा अरू एजेन्डालाई थाँती राख्दै केन्द्रीय समितिलाई पूर्णता दिएर बैठक समापन गर्ने विषयमा समेत अध्यक्ष प्रचण्डले छलफल थाल्नुभएको छ ।

माओवादीको विधानमा ३ सय १ जना केन्द्रीय सदस्य बनाउने उल्लेख भए पनि अहिलेसम्म २ सय ४६ जना मात्रै बनाइएको छ । यस्तै, केन्द्रीय कार्यालय सञ्चालनका लागि एक समिति गठन हुनेछ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने माओवादीको विधानमा उल्लेख छ ।

महाधिवेशन भएको दुई महिना बितिसक्दासमेत स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै हुन सकेको छैन । महासचिवमा सहमति जुटाउन समस्या भएको छ ।

महासचिवका लागि नेताहरु वर्षमान पुन, जनार्दन शर्मा, देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेतलगायतका नेताहरू दौडधुपमा छन् ।

Next Post

निर्वाचनप्रति नागरीकलाई जागरुक बनाउदै जिल्ला सुरक्षा समिती

२३ फाल्गुन २०७८, सोमबार ०८:००
दैलेख । सरकारले आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनको मिती तोकेसंगै दैलेख जिल्ला सुरक्षा समितीले नागरिकहरुलाई निर्वाचनप्रति जागरुक बनाउने अभियान थालेको छ । अभियान अन्र्तरत आईतबार जिल्लाको भैरवी गाउपालीकाका बिभीन्न स्थानमा पुगी नागरीकहरुलाई शान्तीसुरक्षा प्रत्याभुती रहेको जानकारी गराईएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलको नेतृत्वमा गएको टोलीले […]

सम्बन्धित समाचार