खाद्य कम्पनीको जग्गा ओगटेका टहरा हटाइयो

कर्णालीदृष्टी संवाददाता १० चैत्र २०७८, बिहीबार १८:४०

मुगु । मुगुको गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गा ओगटेर स्थानीयले व्यापार प्रयोजनका लागि बनाएका काठका अस्थायी टहरा हटाइएको छ ।

गत पुस १ गत सर्वदलीय बैठकले कम्पनीको माथिपट्टि जग्गा ओगटेर स्थानीयले व्यापार प्रयोजनको निम्ती बनाएका २३ वटा काठका टहरा जनपथ प्रहरी सशस्त्र प्रहरी र नगर प्रहरीले हटाएका छन् ।

गत पुस १ गते सर्वपक्षीय बैठकले ६५ दिनको अवधि तोकेर स्थानीयलाई टहरा हटाउन निर्देशन जारी गरेपनि स्थानीयले अटेर गर्न थालेपछि प्रहरी लगाएर हटाउनुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो ।

टहरा हटाएर कम्पनीको जग्गा खाली गर्न पटकपटक सूचना जारी गर्नुका साथै माइकिङ गर्दा पनि वास्ता नगरेपछि बल प्रयोग गर्नुपरेको प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

सुरक्षाकर्मी औजार लिएर टहरा भत्काउन सुरु गरेपछि स्थानीय आफैं आएर समान ओसार्दै टहरा भत्काएर काठ, जस्तापाता लगेको सुरक्षाकर्मीको भनाइ छ ।

Next Post

हुम्लाको नाम्खाका विद्यालयमा इन्टरनेट जोडिने

१० चैत्र २०७८, बिहीबार १८:४०
हुम्ला । चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा वैशाखभित्र ब्रोडल्यान्ड इन्टरनेट जडान हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै विद्यालयमा इन्टरनेट जोड्ने गरी काम थालेको हो । इन्टरनेट जडान गर्न प्राधिकरण र गाउँपालिकाबीच सम्झौता भइसकेको छ । १७ वटा सामुदायिक विद्यालयमा ब्रोडल्यान्ड इन्टरनेट जडानका लागि कामहरू थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय […]