दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते

कर्णालीदृष्टी संवाददाता १० चैत्र २०७८, बिहीबार १८:४५

दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जिल्लाको सदरमुकाम दैलेख बजारदेखि चामुण्डा बिन्द्रासैनी नगरपालिकाको लागि छुटेको लु २ च ४५५४ नम्बरको बोलेरो जिप आज दिउसो दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिप आज दिउँसो साढे दुई बजेको समयमा नारायण नगरपालिका–२ स्थित जारकोटमा दुर्घटनामा भएको हो ।

जिप अनियन्त्रित भएर दुर्घटना परेको बताईएको छ । जिपमा सवार ९ जना मध्ये चालकसहित दुई जना गम्भीर घाइते भएका छन् भने अन्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

गम्भीर घाइते मध्य चालक सुर्खेत गुर्भाकोट नगरपालिका मेहलकुनाका इन्त्रप्रसाद ज्ञवाली, चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ पुर्ण शाही र चामुण्डा–६ का शुरेस शाही रहेका छन् । उनिहरुलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीको भनाई रहेको छ ।

Next Post

कर्णाली अस्पतालमा अब मिर्गौला प्रत्यारोपण सेवा सूरु हुने

१० चैत्र २०७८, बिहीबार १८:४५
काठमाडौँ । कर्णाली प्रदेशअन्तर्गत प्रदेश अस्पताल वीरेन्द्रनगरमा यसै आर्थिक वर्षदेखि मिर्गौला प्रत्यारोपण सुरु हुने भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेशअन्तर्गत प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतबीच मिर्गौला फेल भएका बिरामीहरुको लागि प्रत्यारोपण सेवा सुरु गर्न तथा डायलासिस सेवा विस्तारमा सहकार्य गर्ने समझदारी भएको छ । राष्ट्रिय […]