फरार कैदी खोज्न डीएसपीको कमान्डमा टोली खटियो, मिलेमतो मै भगाएको निष्कर्ष

कर्णालीदृष्टी संवाददाता १० पुष २०७८, शनिबार ०७:१४

दाङ । दाङको घोराहीमा रहेको कारागारबाट उपचारका लागि अस्पताल लगेको अवस्थामा भागेका एक कैदीको खोजी गर्न जिल्ला प्रहरी कार्यालय दाङले प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा प्रहरी परिचालन गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका राजपुर गाउँपालिका ३ का २९ वर्षीय यामराज परियारलाई छाला उपचार गर्न बिहीवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको अवस्थामा प्रहरीकै मोटरसाइकल लिएर भागेका हुन् ।

परियार आफूलाई उपचार गर्न ल्याउने प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प ४१० नम्बरको १५० सीसीको निलो–कालो पल्सर मोटरसाइकलसहित अस्पतालबाट भागेपछि उनको खोजीमा डीएसपी मुकुन्दप्रसाद रिजालको कमान्डमा प्रहरी परिचालन भएको प्रहरी प्रमुख, एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ ।

यसैबीच मिलेमतोमै कैदी परियार भगाएको प्रहरीले बताएको छ । परियारलाई भगाउने उद्देश्यअनुसार नै घटनामा धेरै व्यक्तिको संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी काफ्लेले बताउनुभयो । सुरक्षाको कुनै पनि मापदण्ड पालना नभएको भन्दै उहाँले उपचारमा लगेका प्रहरी जवानलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

कारागारका जेलर युवराज परियारले सुरक्षा प्रशासनकै कमजोरीले कैदी भागेको बताउनुभयो । आफूहरूसँग अस्पताल र अदालत ल्याउने÷लैजाने गाडी नभएका कारण मोटरसाइकलमा लगेको भन्दै उहाँले सुरक्षा प्रशासनले कमजोरी गरेका कारण कैदी भागेको प्रतिक्रिया दिनुभयो ।

Next Post

माओवादी राष्ट्रिय सम्मेलन: प्रचण्डलाई मनोनयनतर्फका प्रतिनिधि छान्ने जिम्मा

१० पुष २०७८, शनिबार ०७:१४
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनमा मनोनयनतर्फका प्रतिनिधि छननेट गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । शुक्रवार बसेको स्थायी कमिटी बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । एक हजार चार सय ८३ प्रतिनिधि नियमित प्रक्रियाबाट आएका […]