कर्णालीका मुख्य न्यायाधिवक्ता खनालको राजीनामा स्वीकृत ।।

कर्णालीदृष्टी संवाददाता ११ कार्तिक २०७८, बिहीबार ०७:३४

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्य कानुनी सल्लाहकार, मुख्य न्यायाधिवक्ता मातृका प्रसाद खनालको राजीनामा स्वीकृत भएको छ ।

२०७७ साल चैत्र ६ गते मुख्य न्यायाधिवक्ताको पदमा नियुक्ती भएका खनालको प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीबाट राजीनामा स्वीकृत भएको हो ।

नेपालको संविधानको धारा १६० उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त भएका उहाले सात महिनामा राजीनामा दिनुभएको हो । बुधबार उहाको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुखको कार्यालय कर्णालीले जानकारी दिएको छ ।

Next Post

दैलेखमै पहिलो पटक अक्सिजन प्लान्ट जडान

११ कार्तिक २०७८, बिहीबार ०७:३४
दैलेख । दैलेखमा पहिलो पटक अक्सिजन प्लान्ट जडान भएको छ । जिल्लाकै ठुलो अस्पताल दैलेख जिल्ला अस्पतालमा बुधवार देखि अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा आएसँगै उत्पादन समेत थालिएको छ । जिल्ला अस्पताल दैलेखमा जडान भएको अक्सिजन प्लान्टको शुद्धता ९० प्रतिशतसम्म रहेको स्वास्थ्य सेवा कार्यालय […]

सम्बन्धित समाचार