२ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न:दुई हजार बढिले स्वास्थ्य जाँच गराए

कर्णालीदृष्टी संवाददाता १९ मंसिर २०७८, आईतवार ०७:२३

दैलेख । दैलेखमा सन्चालन भएको २ दिने निशुल्क स्वास्थ्य शिबीर सम्पन्न भएको छ । मंसिर १७ गते (शुक्रबार) र १८ गते (शनीबार) स्वास्थ्य सेवा कार्यालय दैलेखमा सञ्चालित शिबीरमा जिल्लाका झण्डै २ हजार बढीले स्वास्थ्य जाँच गराएका छन ।

नारायण नगरपालिका दैलेखको आयोजना, गेश्चर अफ काइन्डनेसको सहकार्य र एनएमबी बैंक दैलेख तथा स्वास्थ्य सेवा कार्यालय दैलेखको सहयोगमा सञ्चालन भएको निशुल्क शिवीरमा दुई हजार एक सय ५० जनाले सेवा लिएको नारायण नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख लालबहादुर खड्काले जानकारी दिनुभयो ।

नेपालगंजका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूद्धारा चेकजाँच गरिएको शिवीरमा मुटु, पेट, कलेजो, सुगर, प्रेसर, किड्नी तथा पिसाब, दम,मृगी, मानसिक, यौन समस्या, आँखा, दाँत, नाक, कान, घाँटी, मुख स्वास्थ्य, प्रसूति सेवासम्बन्धी समस्या, छाला, प्लास्टिक सर्जरी, बालरोग, सम्बन्धी विशेषज्ञहरूद्वारा निःशुल्क परिक्षण साथै निःशुल्क औषधी वितरण गरिएको थियो ।

Next Post

राप्रपा अध्यक्षमा लिङ्देन विजयी

१९ मंसिर २०७८, आईतवार ०७:२३
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो । लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत पाउनु भएको छ ।