‘फोहर व्यवस्थापनबाट जैविक मल बनाउने नीति आवश्यक’

कर्णालीदृष्टी संवाददाता १३ चैत्र २०७८, आईतवार ०७:३८

कर्णाली । बढ्दो जनसङ्ख्या र सहरीकरणसँगै उत्पन्न हुने फोहर व्यवस्थापन हुन नसक्दा वातावरणीय प्रदूषण बढ्दै गएको छ । यसले एकातिर सहर तथा गाउँ बस्ती कुरुप हुँदै गएका छन् भने अर्कातिर खेतीयोग्य जमिनको उर्वरा शक्तिमा ह्रास आएको छ ।

मानिसले उपभोग गर्ने वस्तुबाट निस्कने फोहरजन्य चिजको सही व्यवस्थापन हुन नसक्दा यसले समाजमा धेरै समस्या उत्पन्न गरेको छ ।

पछिल्लो समयमा मानव जीवनशैली, उत्पादन, उत्पादकत्व, अर्थ बजारलगायतका क्षेत्रमा जलवायु परिवर्तनको विश्वव्यापी असर परिरहेको छ । मानव गतिविधिका कारण संसारमा देखापरेका डरलाग्दा रोग, विपत्ति एवं सङ्कट आइलागेका छन् ।

ती विपत्ति र सङ्कट रोक्न, नियन्त्रण तथा न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहेका छन् । मानव विकासले रैथाने कृषि प्रणालीमा पारेको नकरात्मक प्रभाव र त्यसलाई आधुनिकीकरण गरेर लैजान आइपरेको चुनौतीलाई चिर्दै अवसरमा ढाल्न गरिएका सरकारी सार्वजनिक, गैरसरकारी तथा निजी क्षेत्रका प्रयासलाई एकद्वार प्रणालीमा लिने गरी कर्णालीमा बहस गरिएको छ ।

यसका सवालमा कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा नेपाल बायोमाण्डु अग्र्यानिक प्रालि काठमाडौँले ‘प्रकृतिका लागि प्राकृतिक जैविक मल’सम्बन्धी कार्यपत्र प्रस्तुत ग¥यो ।

सो कार्यपत्र प्रस्तुत गर्दै नेपाल वायो–साइन्स रिसर्च ल्याब्रोटरीका माइक्रोबायोलोजिष्ट डा पूजा मानन्धरले बायो फर्टिलाइजर जैविक मल उत्पादन र त्यसको प्रयोगले मानव जीवनका लागि हुने फाइदाका बारेमा बताउनुभयो । #Gorkhapatra

Next Post

आयोगले आज मतदाता अन्तिम नामावली प्रकाशित गर्ने

१३ चैत्र २०७८, आईतवार ०७:३८
काठमाण्डौ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ । मतदाता नामावली अध्यापकको कार्य सकिएको जानकारी दिँदै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आज आयोगले औपचारिक निर्णय गरेर नामावली प्रकाशित गर्ने जानकारी दिनुभयो । यसअघि आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख […]