हाम्रो लडाई कुनै पार्टी र व्यक्तीबिरुद्ध हैन, ‘भ्रष्ट्रचार बिरुद्ध हो : प्रवक्ता शाही

कर्णालीदृष्टी संवाददाता २८ चैत्र २०७८, सोमबार १८:३९

दैलेख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता एवंम सुशासन बिभाग प्रमुख ज्ञानेन्द्र शाहीले आफुहरुको लडाई कुनै व्यक्ती र दलबिरुद्ध नभई भष्ट्राचारका बिरुद्ध भएको बताउनुभएको छ ।

राष्टिय प्रजातन्त्र पार्टी जिल्ला समिती दैलेखले आज सदरमुकाम दैलेखमा आयोजना गरेको “जनताको माझमा राप्रपा” कार्यक्रममा बोल्दै शाहीले आफुहरुको लडाई कुनैपनि दल र व्यक्तीसंग नभई तिनै दलमा रहेका नेता कार्यकर्तामार्फत भैरहेका भष्टचारका बिरुद्ध भएको बताउनुभएको होे ।

‘हाम्रो अबको लडाई चाहे हाम्रो पार्टीभित्रै होस, वा पार्टी बाहीर होस’ जसले भ्रष्टचार गर्छ उसैका बिरुद्ध हो, कुनै व्यक्ती र पार्टीसंग होईन प्रवक्ता शाहीले भन्नुभयो, ।

यस्तै उहाँले राप्रपाले असल व्यक्तीलाई मात्र उम्मेद्वार उठाउने र पार्टीभित्रका कुनैपनि व्यक्ती खराव चरीत्र बोकेर हिडेको पाईएमा तत्काल कारबाही गरिने समेत बताउनुभयो ।

गणतन्त्र आएको १३ बर्ष भैसक्दा पनि गाउँठाउँका बिकासमा सुधार गर्न नसक्नेहरुबाट कुनै कुनैपनि आश्वासनमा नपरी आगामी निर्वाचनमा असल व्यक्तीको पहिचान गरेर मात्र मत दिन पनि नागरीकहरुलाई उहाँले आग्रह समेत गर्नुभयो ।

स्थानीय श्रोत र साधनको प्रयोग गरेमात्र देश बन्छ

यस्तै उहाले दैलेखमा रहेको पेट्रोलीयम पदार्थको उतखनन हुन सकेको भए त्यसैबाट उठेको करले दैलेखमात्र नभई समग्र देशको बिकासमा पुवा पुग्ने बताउदै श्रीस्थान, नावीस्थान, पादुका जस्ता महत्वपुर्ण स्थानलाई नेतृत्वमा पुगेका व्यक्तीहरुले नै कुल्चीने काम गरेको आरोप लगाउनुभयो ।

दैलेखमा जिल्लाभर रहेका बिभीन्न धार्मीक तिर्थ स्थलहरु नेपाली हिन्दुहरुको पवित्र धर्मग्रन्थमा लेखीएको चिज भएको बताउदै उहाले विश्वका १ सय २१ करोड हिन्दुहरुमध्ये १ प्रतिशत हिन्दूहरुले मात्रै दैलेखका पवित्र धार्मीक स्थलहरुमा दर्शन गर्न आए भने पनि यहाँको आर्थीक अवस्थामा सुधार आउने बताउनुभयो ।

देशको सम्बृद्धीका लागी विश्वका आतङ्ककारीहरुको सिद्धान्तलाई ल्याएर लागू गर्ने परम्पराको अन्त्य गर्नु आवश्यक रहेको उहाँको भनाई थियो ।

घरकै अगाडी सुनको कचौरा राख्ने तर त्यही सुनको कचौरालाई नचीनेर बारीमा मिल्काईदिने अनी विश्वका बिभीन्न अपराधि सिद्धान्त ल्याएर आफुलाई क्रान्तीकारी भन्ने दिनको अब समाप्ती हुने उहाले जिकीर गर्नुभयो ।

प्रवक्ता शाहीले यसअघी बिभीन्न दलहरुले निशुल्क शिक्षा, स्वास्थ्य जस्ता चुनावी घोषणा पत्र बोकेर भोट मागेको भएपनि व्यवहारमा भने लागू गर्न नसकेको बताउदै नागरीकको हितका निमीत्त काम गर्ने अवसर प्रदान गर्नका लागी आगामी निर्वाचनमा राप्रपालाई भोट दिएर जिताउन आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रमलाई राष्टिय प्रजातन्त पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गीरी, महामन्त्री कुन्ती कुमारी शाही लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

Next Post

सल्यानमा जिप दुर्घटना, ७ जना घाइते

२८ चैत्र २०७८, सोमबार १८:३९
सल्यान । सल्यानमा सोमबार बिहान जिप दुर्घटनामा परेको छ । नेपालगन्जबाट सुत्केरी बोकेर बाग्चौर नगरपालिकाको थारमारे जाँदै गरेको सु.प.प्र ०१–००१ च ३२५८ नम्बरको जिप छत्रेस्वरी गाउँपालिका ६ चैबाँज्युला नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी एकै परिवारका ६ जना र चालकसहित सात जना घाइते भएका छन् । घाइते सबैको अवस्था […]