३९ जिल्लाका मतपत्र तयार, दैनिक ८ लाख छापिँदै

कर्णालीदृष्टी संवाददाता २ बैशाख २०७९, शुक्रबार ०८:२१

काठमाडौँ । निर्वाचन आयोगले ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनका क्रममा ३९ जिल्लाका लागि ७० लाखभन्दा बढी मतपत्र छापिसकिएको जानकारी दिनुर्भको हो ।

निर्वाचन तयारीलाई तीव्र गतिमा अगाडि बढाइरहेको आयोगले ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सम्पन्न गरेको छ । आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये बिहीबारसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ । आयोगका अनुसार हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ कार्य भइरहेको छ ।

आयोगले सुरुमा दुर्गमका जिल्लाका लागि मतपत्र छपाइ सुरु गरेको थियो । दुर्गमका जिल्लामा सुगमका जिल्लामा भन्दा अगावै मतपत्र ढुवानी गरिसक्नुपर्ने भएकाले पहिले ती जिल्लाका लागि मतपत्र छपाइ गरिएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ ।

Next Post

उद्योग बाणिज्य संघ दैलेखको नयाँ नेतृत्व : अध्यक्षमा कुलबहादूर बिक चयन

२ बैशाख २०७९, शुक्रबार ०८:२१
दैलेख । दैलेख उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रवार सम्पन्न संघको १० औँ वार्षिक साधारण सभा तथा ९ औँ अभिवेशनले कुलबहादुर बिकको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । यसअघि २०७४ सालमा भएको संघको ९ औँ वार्षिक साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनवाट […]