दाङमा डोजर पल्टिँदा चालकको मृत्यू्

कर्णालीदृष्टी संवाददाता २ मंसिर २०७८, बिहीबार १६:२७

दाङ । दाङमा आज बिहान डोजर पल्टिँदा एक जनाको मृत्यू भएको छ । एक जना घाइते भएका छन् ।  डोजर पल्टिँदा चालक दाङ‍ घोराही १० बुधौराका २२ वर्षीय सुनिलकुमार विकको मृत्यू भएको हो।

यस्तै डोजरका सहचालक बर्दिया गुलरियाका राजकुमार चौधरी घाइते हुनुभएको हो । बङ्गलाचुली गाउँपालिकाको मुर्कुट्टीदेखि बङ्गलाचुली पार्कको भ्युटावर जोड्ने सडक मर्मतका क्रममा रा १ क ९१४ नम्बरको डोजर पल्टिएको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभएको छ ।

Next Post

गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ५ वटा सिमेन्ट उद्योगलाई कारवाही

२ मंसिर २०७८, बिहीबार १६:२७
काठमाण्डौ । गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने पाँच वटा सिमेन्ट उद्योग कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारबाही गरेको हो । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट […]