सिम्तामा बस दुर्घटना, १२ घाइते ।।

कर्णालीदृष्टी संवाददाता ६ आश्विन २०७८, बुधबार १४:२८

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडी चौरमा बस दुर्घटना हुदा १२ जना घाईते भएका छन ।

बुधबार बिहान साढे १० बजेतीरको समयमा बस दुर्घटनामा परेको हो । सिम्ता गाउँपालिकाको देउली बजारबाट जामुने आउँलै गर्दा बे्रक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ७ ख ६०६३ नम्बरको बस सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

बसमा सवार २४ जना यात्रु मध्य १२ जना घाइते भएका छन् । भने अन्य १२ जना समान्य घाइते भएका छन् । घाइतेहरूको मेहलकुना अस्पतलामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Next Post

रोल्पामा पहिरोसँगै खसेको ढुङ्गाले लागेर आमा–छोरीको मृत्यू ।।

६ आश्विन २०७८, बुधबार १४:२८
रोल्पा – पहिरोसँगै खसेको ढुङ्गा लागेर रोल्पामा आमा–छोरीको मृत्यू भएको छ । रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया सङ्गीता पुन र उनकी दुई वर्षीया छोरी कृतिकाको मृत्यू भएका हो । मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेको पहिरोसँगैको ढुङ्गा लागेर लड्दा आमा–छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवम् […]