जुम्लाको तिला गाउँपालिकामा आगलागी : चार बालबालिकाको ज्यान गयो

कर्णालीदृष्टी संवाददाता १० बैशाख २०७९, शनिबार ०७:११

जुम्ला । जुम्लाको तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा गएराति आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ ।

तिला गाउँपालिकाका मानसिंह सार्कीको घरमा आगलागी हुँदा उहाँका दुई छोरी, एक छोरा र भान्जीसहित चार जनाको जलेर ज्यान गएको हो ।

आगलागीमा परि १४ वर्षीया तुलासा सार्की, ११ वर्षीया अनु सार्की, तीन वर्षीया दर्शना सार्की र एक वर्षीय दिपेश सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

मानसिंह नेपाली र उहाँकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली आगलागीका कारण बेहोस भएका र उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा गएराति नै आगो निभाइएको प्रहरीले जनाएको छ ।

Next Post

एमालेबाट नारायण नगरपालीकाको प्रमुखमा शर्मा र उपप्रमुखमा थापा

१० बैशाख २०७९, शनिबार ०७:११
दैलेख । नेकपा एमालेले नारायण नगरपालीका दैलेखको प्रमुख र उप–प्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ । एमाले कर्णाली प्रदेश कमिटीले नारायण नगरपालीकाको प्रमुखमा लोमन शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उप–प्रमुखमा भने यसअघि नै तप्ता थापा सर्वसम्मत चयन हुनुभएको थियो । यहाँ प्रमुखका लागी प्रेम बहादूर थापाको पनि दावी […]