जुम्लामा असिनाले स्याउ खेतीमा क्षति

कर्णालीदृष्टी संवाददाता १९ बैशाख २०७९, सोमबार ०६:३५

जुम्ला । जुम्लामा शनिबार बेलुका परेको असिनापानीले स्याउ खेतीमा क्षति पु¥याएको छ । सिंजाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुंग्रा र शनिगाउँमा असिनापानीले स्याउखेतीमा क्षति पु¥याएको हो ।

केही स्याउमा स–साना दाना लागिसकेको र केही बिरुवामा चिचिला पलाउँदै गिरेको अवश्थामा असिनाले स्याउ खेती सखाप बनाएको सिंजा ६ का विज्ञान बुढाले बताउनुभयो ।

हावाहुरीसँगै आएको असिनापानीले वर्षभरिको दुःख खेर गएको किसानले दुखेसो पोखेका छन् । बगैंचाभरि स्याउका दाना र चिचिला मात्रै झरेका छन् । स्याउका बोट रित्तिएका छन् । बूढाका अनुसार असिनापानीले जिल्लाका अधिकांश किसानको स्याउ बगैँचामा धेरै मात्रामा क्षति पुगेको छ ।

स्याउ बीमा गरेका किसानलाई केही सहज भएपनि अन्य किसानलाई जीविकोपार्जनमा समस्या हुनेसमेत देखिएको छ । स्याउ मात्र होइन असिनाले तरकारी बालीसमेत नष्ट गरेको छ ।

Next Post

दैलेखमा मतपत्र सहितका सामाग्री आईपुग्यो

१९ बैशाख २०७९, सोमबार ०६:३५
दैलेख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी दैलेखमा एक लाख ७५ हजार थान मतपत्र सँगै आवश्यक सामाग्री आईपुगेको छ । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरेको बताईएको छ । जिल्लाका लागि एक लाख ७५ हजार थान मतपत्र सँगै आवश्यक सामाग्री रबरम्याट, स्ट्यामप्याड, स्वस्तिक छाप, […]

सम्बन्धित समाचार