दैलेखको डुंगेश्वरमा एमाले विजयी

कर्णालीदृष्टी संवाददाता २ जेष्ठ २०७९, सोमबार ०७:२६

दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुन्दरकुमार केसी ३ हजार ४ सय ६ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार एवं निवर्तमान अध्यक्ष नगेन्द्र बहादुर मल्ल ३ हजार ३ सय ३६ मत ल्याएर पराजित हुनुभएको छ ।

उपाध्यक्षमा नेकपा एमालेकै कलावती न्यौपाने ३ हजार ५ सय ७७ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी एलिजाकुमारी थापाले ३ हजार १ सय ५२ मत प्राप्त गर्नुभयो ।

Next Post

महाबुको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका गुरुङ र पाण्डे विजयी

२ जेष्ठ २०७९, सोमबार ०७:२६
दैलेख । दैलेखको महाबु गाउँपालिकामा नेपाली काँग्रेसका लक्षमण गुरुङ विजयी भएका छन । गुरुङले एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हरिप्रसाद उपाध्यायलाई पराजित गर्दै विजयी भएका हुन । अध्यक्षमा निर्वाचित गुरुङले २ हजार ९७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत ल्याउँदै […]